काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डले बुधबारका लागि फलफूल तथा तरकारीको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको मूल्यसूची अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) प्रतिकिलो ९० देखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । त्यसैगरी, नेपाली ठूलो गोलभेँडा ८० रुपैयाँदेखि ९० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५३ रुपैयाँदेखि ५५ रुपैयाँसम्म कायम गरिएको छ ।
रातो आलु (भारतीय)को मूल्य ३७ देखि ३९ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
कागती प्रति किलो १४० रुपैयाँदेखि १८० रुपैयाँसम्म कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस