aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आयोजना प्रभावित स्थानीयले सयपत्री हाइड्रोपावरको आईपीओ खरीदका लागि आजसम्म मात्र आवेदन दिन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
आयोजना प्रभावित स्थानीयले सयपत्री हाइड्रोपावरको आईपीओ खरीदका लागि आजसम्म मात्र आवेदन दिन सक्ने

काठमाडौं । असार २ गतेदेखि विक्रीमा आएको सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले असार २४ गते (आज) सम्म मात्र आवेदन दिन सक्नेछन् ।  कम्पनीले छिटो अवधि असार १६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असार २४ गतेसम्म विक्री  खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका ३ लाख कित्ता आईपीओ स्थानीमा जारी गरेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

आईपीओ खरीदका लागि प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिन व्यवस्था छ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले बाग्लुङ्ग जिल्लामा २ दशमलव ५ मेगावाट क्षमताको दरम खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७३ साल असार १२ गतदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

हाल संस्थापक तर्फबाट ७० प्रतिशत रू. २१ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र कर्मचारी र सामूहिक लगानीकोष सहित सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्नेछ । सर्वसाधारणलाई शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३० करोड पुग्नेछ । चालू आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक अवस्था अनुसार कम्पनी रू. ७ करोड ३५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९६ छ ।
 

प्रतिक्रिया दिनुहोस