aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अब ललितपुरको चाकुपाटबाट जिडब्लुएमको विश्वस्तरीय सुविधासहितको सेवा पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
अब ललितपुरको चाकुपाटबाट जिडब्लुएमको विश्वस्तरीय सुविधासहितको सेवा पाइने

काठमाडौं । जिडब्लुएम–नेपालले आफ्नो विश्व स्तरीय जिडब्लुएम बिक्री पछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । विक्री पछिको यो नयाँ सुविधा जिडब्लुएमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो ।

कम्पनीका अनुसार बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५ हजार वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रति महिना ६ सय प्लस सवारी साधनहरुको दु्रत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जिडब्लुएमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लािग यो सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ । 

सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ । जिडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले गाडीको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गरे । उनले भने, ‘तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिीक्षत प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।’  

जिडब्लुएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले जिडब्लुएमको सबै जिडब्लुएम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जिडब्लुएमको विश्वस्तरीय सुविधा रहेको बताए । ‘हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस्  र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ’, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस