
काठमाडौं । विभिन्न क्षेत्रका २७ कम्पनी आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरू आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन स्वीकृतिको पर्खाइमा रहेका हुन् । सेबोनका अनुसार यसरी प्रतिक्षारत कम्पनीहरुले ६ अर्ब ९३ करोड ६२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको ५ करोड ४१ लाख ५ हजार २०४ कित्ता प्रारम्भिक शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।
आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १५ वटा हाइड्रोपावर, ६ वटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् ।
सेबोनका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता रहेका छन् । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार र खप्तड अघुवित्त वित्तीय संस्थाको १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।
सेबोनका अनुसार सिर्जनशिल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न पाइपलाइनमा रहेको छ । आईपीओ निष्काशनको पाइपलाइनमा रहेको अर्को लघुवित्तमा बीपीडब्लु लघवित्त वित्तीय संस्था रहेको छ । उक्त लघुवित्त कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्न पाइपलाइनमा रहेको हो ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।
सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता र सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशनका लागि पाइप लाइनमा रहेको छ ।
पाइपलाइनमा १५ हाइड्रोपावर कम्पनी
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सेबोनको सूचनामा उल्लेख छ । त्यस्तै, माया खोला हाइड्रोपवर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जी डेभलपमेन्ट १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता, मकर जीतुमाया सुरु हाइड्रोपावर २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता, सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता निष्कासनका लागि सेबोनमा निवेदन लिएको छ ।
थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
सेबोनका अनुसार सुपरमाई हाइड्रोपावर लिमिटेड १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता, पिपुल्स पावर लिमिटेड ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता र बाराही हाइड्रोपावरको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस