
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट हुनेछ भने बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ ।
यो आईपीओ छिटोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १८ गतेसम्म विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा यो आईपीओमा समेत छिटो अवभित्रै मागभन्दा बढी आवेदन पर्ने देखिएको छ ।
यो आईपीओ विक्री प्रबन्धकमासानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने । साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस