
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा बुधवार असार २९ गते हुदैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।
सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर लगायतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १५ गते बुक क्लोज गरिसकेको छ ।यस आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस