
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट तिन कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । सिक्लेस हाइड्रोपावर,धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार २३ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ ह्जार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धौलागिरी लघुवित्त र अभियान लघुवित्तले आईपीओ निष्कासन गर्न सेबोनबाट असार २४ गते अनुमति पाएका हुन ।
प्रतिक्रिया दिनुहोस