aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असार २०७९
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने ÷गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर वराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने भएको छ । 

त्यस्तै, प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फवाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस