
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर बुधबार (साउन २९ गते) देखि लिलामी खुल्ने भएको छ ।
कम्पनीले ३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७८० कित्ता लिलामीमा ल्याउन लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ ।
सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस