aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
आज लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज १७औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले अमृतभोग क्याटरिङ्ग , डिल्लिबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सभाले कम्पनीले यस वर्ष वितरणको प्रस्ताव गरेको कुल १० प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ८८ लाख ९० हजारको आधारमा कुल रू. ११ करोड ९८ लाख ८९ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । कुल लाभांश मध्य ९ दशमलव ५२ प्रतिशत बोनस शेयरका लागि रू. ११ करोड ४१ लाख ८० हजार र शून्य दशमलव ४८ प्रतिशत कर प्रयोजनका लागि रू. ५७ लाख ९ हजार बराबरको रकम वितरण गर्ने प्रस्ताव कम्पनीले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिन बुक कलोज गरेको छ । यस आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । कम्पनीले गत वर्षपनि १० प्रतिशतनै लाभांश वितरण गरेको थियो । गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । 

उल्लेखित प्रस्तावहरूसँगै कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा मर्जरमा जाने विषयमा आवश्यक काम गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस