
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच एक एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । बुधबार यी दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको हो ।
बीमा समितिले बीमा कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउन नसके मर्जरमा जान निर्देशन दिएसंगै यी दुई कम्पनीहरुले मर्जरको लागि यो सम्झौता गरेका हुन् । सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका भरत कुमार तोदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हाल सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जरपछि यी दुई कम्पनीको कूल चुक्ता पुँजी ४ अर्ब भन्दा बढी पुग्नेछ ।
दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस