
काठमाडौं । एक महिनामा १९ जीवन बीमा कम्पनीको बीमा पोलिसी सरेन्डर गर्नेहरु ४५ प्रतिशत भन्दाबढिले बढेका छन् । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठमा महिनामा बीमा पोलिसी त्याग्नेहरु ४५.६० प्रतिशत अर्थात २६ सय ८० जनाले बढेका हुन् ।
समितिको तथ्याङक अनुसार बैशाख मसान्तसम्म बीमितहरुले ५ हजार ८७६ बीमालेख सरेन्डर गरेका थिए । जेठ मसान्तसम्ममा ८ हजार ५५६ जनाले बीमालेख सरेन्डर गरेका छन् । यस अवधिमा १९ जीवन बीमा कम्पनीको ६६ करोड ४० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्यांकमा देखिएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका बीमालेख रहेका छन् ।
जेठ महिनामा राष्ट्रिय बीमा संस्थानको ६ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको १ हजार २१२ बीमा पोलिसी सरेन्डर भएको छ । त्यस्तै, यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स २९ करोड ८ लाख २ हजार रुपैयाँ बराबरको २ हजार ४११ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ । यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड २७ लाख ९९ हजार रुपैयाँ बराबरको ७३६ वटा बीमा पोलिसी सरेन्डर भएको छ ।
बैशाख र जेठ महिनामा कुन कम्पनीबाट कति बीमा पोलिसी सरेन्डर भए ? (तथ्यांकसहित)
प्रतिक्रिया दिनुहोस