aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन ६ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै सिक्लेस हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असार २०७९
साउन ६ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै सिक्लेस हाइड्रोपावर

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी रू. ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गर्न लागेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

छिटोमा साउन २० गतेसम्म विक्री खुला हुने मिति तय भएको यस आईपीओ सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ५ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस