aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सेञ्चुरी बैंकको साधारणसभाबाट बोनस पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
सेञ्चुरी बैंकको साधारणसभाबाट बोनस पारित


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस पारित गरेको छ ।  साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४।५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । 

 यस सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट  राजेश कुमार श्रेष्ठ,  सुनिल कुमार न्यौपाने र  अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित निर्वाचित समेत भएका छन् ।
 
आ।व। २०७५र७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ६४ अर्ब १२ करोड रुपैयाँ र कर्जा रकम  ५९ अर्ब ६१ करोड रुपैयाँ  परिचालन गरी ७४ करोड २ लाख रुपैयाँ  सञ्चालन मुनाफा र। ५१ करोड ८१ लाख रुपैयाँ  खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले दावी गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस