
काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता हुने भएको छ । आज साँझ एक कार्यक्रमको आयोजना गर्दै यी दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।
उक्त सम्झौता होटल अलफ्टमा हुन लागेको छ । सम्झौता पत्रमा दुई कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गर्ने भएका हुन् ।
शेयर स्वाप रेसिया १ः१ अनुपातमा रह गरि सम्झौता हुन लागेको जनाईएको छ । मर्जरपछि यस कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस