aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु र अजोड इन्स्योरेन्स पनि मर्ज हुने तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ असार २०७९
प्रभु र अजोड इन्स्योरेन्स पनि मर्ज हुने तयारीमा

एजेन्सी ।  आर्थिक वर्ष सकिन एक दिन बाँकी छदा प्रभु र अजोड इन्स्योरेन्स कम्पनीले पनि मर्जका लागि साइत जुराउने तयारीमा जुटेका छन् । स्रोतका अनुसार प्रभु र अजोड इन्स्योरेन्स एक आपसमा मर्जर गर्नका लागि दुबै सञ्चालक समितिमा छलफल भइरहेको छ । बीमा स्रोतका अनुसार दुई बीमा कम्पनीबीचमा मर्जका लागि सहमति नजिक पुगेका छन । 

प्रभु र अजोड इन्स्योरेन्सबीचको  मर्जका  लागि स्वाप रेसियो सहित अन्य प्राविधि विषयमा भने अझै छलफल गर्न बाँकी रहेको  स्रोतले बताएको छ । प्रभु इन्स्योरेन्स एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो । 

अजोड इन्स्योरेन्ससँग यसभन्दा पहिला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसँग पनि छलफल भएको थियो । तर, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज गर्नका लागि सम्झौता समेत गरिसकेका छन् । निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले चुक्तापुँजी वृद्धि गर्न बाध्यकारी निर्देशन जारी गरेपछि निर्जीवन इन्स्योरेन्सको चुक्तापुँजीे न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ ।

अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड रहेको छ । त्यस्तै,  अजोड इन्स्योरेन्सको  १ अर्ब रुपैयाँ छ । दुई संस्था मर्जर भएपछि पनि चुक्तापुँजी बीमा समितिले तोके अनुसारको पुग्दैन । मर्जपछि यी दुई कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ मात्र हुन्छ । 

नयाँ बीमा कम्पनी अजोडमा पोखरा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा लक्ष्मी इन्टरकेन्टिनेन्टलका अध्यक्ष आजाद श्रेष्ठ अध्यक्ष रहेका छन् । भने  प्रभु इन्स्योरेन्स कम्पनीमा प्रभु ग्रुपबाट कुशुम लामा अध्यक्ष रहेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस