aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन ९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै मन्दाकिनी हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९
साउन ९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै मन्दाकिनी हाइड्रोपावर

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १० लाख ९३ हजार ७४८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

यो आईपीओ छिटोमा साउन १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन २३ गतेसम्म विक्रीको अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकत १ लाख कित्तासम्म शेयर खरीदको माग गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस