aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रिमियममा धितोपत्र निष्काशन गर्दै घोराही सिमेन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९
प्रिमियममा धितोपत्र निष्काशन गर्दै घोराही सिमेन्ट

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियममा धितोपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ७९.४३ लाख कित्ता शेयर प्रिमियम मुल्यमा सार्वजनिक निष्काशन गर्ने भएको हो । उक्त धितोपत्र निष्काशन तथा बिक्रि प्रवद्र्घनका लागि दुई कम्पनीसँग सम्झौता गरेको छ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्रि प्रवद्र्घनका लागि हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड संग सम्झौता गरेको हो । सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक  आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

विसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । 

नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ.। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस