aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जपछि बन्यो हिमालयन एभरेष्ट इन्स्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९
हिमालयन  जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जपछि बन्यो हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । हिमालयन नरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स बनेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत यी दुई निर्जीवन बीमा कम्पनीको एकिकृत कारोबारको शुरु भएको छ । 

मर्जपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्षमा एभरेष्ट इन्स्योरेन्सका तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठ रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन जनरल इन्स्योरेन्सका तर्फबाट विजयबहादुर शाह रहने छन् ।  

दुई कम्पनी मर्जपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २३ कारोड ९९ लाख ३६ हजार ७०० रुपैयाँ भएको छ । मर्जपछि एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेले ८५ कित्ता शेयर हिमालयन एभरेष्ट इन्स्योरेन्सका पाउने छन् ।

प्रतिक्रिया दिनुहोस