
काठमाडा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४४३ को आधारमा शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. २७१ द्यशमलव ५० तोकेको हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तय गरेको हो ।
बुक क्लोजको मिति तय गरिसकेको कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बरुण हाइड्रोपावरको हकप्रद शेयर भर्न पाउनेछन् ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजी रू. २६ करोड ७९ लाख बराबरको रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५८ लाखपुग्नेछ ।
प्रतिक्रिया दिनुहोस