
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार ३० गतेको सञ्चालक समितिको बैठकले होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
बीमा कम्पनीहरूको पूँजीबृद्धिको अभियान चलिरहेको अवस्थामा यस कम्पनी पनि ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान लागेको छ । असार १२ गते यी दुई कम्पनीहरूबीच मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । विशेष साधारण सभा मार्फत उक्त समझदारी पत्रलाई स्वीकृति दिन लागिएको हो । आगामी दिनमा मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाले गर्नेछ । मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको भोलिपल्ट अर्थात असार १३ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।
यी दुई कम्पनीहरूबीच सम्पत्ति तथा दायित्व मूल्याङ्क (डीडीए) पछि मात्रै स्वाप रेसियो कायम हुने सहमति अनुसार मर्जर सम्बन्धी प्रारम्भिक सझदारी भएको हो । नियामक निकाय बीमा समितिले यस अघि २०७४ सालमा लागू गरेको पूँजीबृद्धि योजना अनुसारको रू. २ अर्ब चुक्तापूँजी भने यी कम्पनीहरूले पु¥याईसकेका छन् । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू.२ अर्ब ५५ करोड रहेकोे छ भने ज्योति लाइफको रू. २ अर्ब ४२ करोड छ । यी कम्पनीहरूलाई हालको पूँजीबृद्धिको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस