aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आज तीन कम्पनीको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
आज तीन कम्पनीको साधारण सभा

काठमाडौं । साउन २८ गते मङ्गलबार तीन कम्पनीले साधारण सभा बोलाएका छन् । ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव एनएमबी बैंकले विशेष साधारण सभा मार्फत पारित गर्दैछ । ओमले भने सोमबारनै सो सम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा गरिरहेको छ । 

एनएमबीले नेपाल प्रशासनिक परिक्षण प्रतिष्ठान , जावलाखेलमा विहान १०ः३० बजे विशेष सभा बोलाएको हो । सभा प्रयोजनका लागि एनएमबीले साउन ३ गते बुक क्लोज गरेको छ । साउन २ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै शिखर इन्स्योरेन्स र लुम्बिनी विकास बैंकले पनि मङ्गलबार साधारण सभा बोलाएका छन् । लुम्बिनीले १७ दशमलव ०७ प्रतिशत बोनस शेयर लगाएतका विभिन्न प्रस्ताव सभामा छलफलका लागि लैजादै छ भने शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद र मर्जर सम्बन्धी प्रस्तावमाथी छलफल गदैछ ।

 लुम्बिनीले साधारण सभाका लागि साउन २२ गतेदेखि र शिखरले साउन १५ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरसदस्यहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश लिन सक्नेछन् । हकप्रद शेयरको प्रस्तावमा भने यो बुक क्लोज मान्य हुनेछैन् । हकप्रदका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपश्चात बुक क्लोजको मिति घोषणा गर्नेछ । लुम्बिनीले अमृतभोग क्याटरिङ, कालिकास्थानमा र शिखरले शिखर विज सेन्टर थापाथलीमा विहान ११ बजे सभा बोलाएका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस