
काठमाडौं । सोमवार नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर मंगलवार देखि कारोबारमा आउनेछ ।
नेप्सेले पहिलो कारोबारको लागि रू. १२२ दशमलव ८८ देखि ३६८ दशमलव ६४ ओपन रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकले लगानी गरेको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा बिओके क्यापिटल मार्केट नक्साल काठमाडौंबाट हुने नेप्से मार्फत जानकारी दिएको छ । कम्पनीको सिम्बोल एडिएलबि रहेको छ ।
प्रतिक्रिया दिनुहोस