aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्याम्सनको १६ औं साधारण सभा शनिबार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
क्याम्सनको १६ औं साधारण सभा शनिबार हुँदै

काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ(क्याम्सन)को १६ औं साधारणसभा यहि शनिबार काठमाडौंमा हुने भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री  भवानी प्रसाद खापुङको प्रमुख आतिथ्यततामा सम्पन्न हुने उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्ने संघका अध्यक्ष सुरेश घिमिरेले बताए । 

उक्त साधारण सभाले संघको विधान संशोधन गर्ने उनले बताए । विधान संशोधन गरेर अब संघको कार्यसमितिको समय अवधि २ वर्षबाट बढाएर अब ३ वर्ष बनाउन लागेको उनले बताए ।

क्याम्सनका सदस्यहरु हाल उपत्यका सहित ८ जिल्लामा ४ सयको हराहारीमा रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । अब उपत्यका कमिटि सहित ८ वटा स्थानको कमिटीलाई मिलाएर क्याम्सनलाई महासंघको अवधारणामा लैजाने तयारी भइरहेको उनले बताए ।  

वार्षिक रुपमा करिब ४३ अर्बसम्मको कारोबार हुने यो व्यवसायलाई राज्यले अवहेलना गरेको उनले आरोप लगाए । स्वास्थ्य तथा जनसंख्यामा दर्जनभन्दा बढी यो व्यवसायमा रहेका समस्याहरु पेश गरेको तर सुनुवाई भने नभएको उनले गुनासो गरे । 


 

प्रतिक्रिया दिनुहोस