काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।
सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।
प्रतिक्रिया दिनुहोस