aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुक विल्डिङबाट आईपीओ जारी गर्न दुई कम्पनीले दिए बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
बुक विल्डिङबाट आईपीओ जारी गर्न दुई कम्पनीले दिए बोर्डमा निवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक विल्डिङ मार्फत आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ मार्फत आईपीओ निष्ष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । 

सर्वोत्तम सिमेन्टले असार २८ गते र रिलायन्स स्पिनिङले असार ३१ गते आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । दुबै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वोत्तम सिमेन्टले आईपीओको ‘कट अफ’ मूल्य प्रतिकित्ता रू. ५०१ निर्धारण गरिसकेको छ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको यस कम्पनीको आईपीओको मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्ताहरूले बिड गरेका थिए । 

बुक विल्डिङ विधीअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको शेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ । सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । 

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । त्यसपछि कम्पनीले दोस्रो चरणमा कम्पनीले  बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । 

कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । रिलायन्सले कुल १४ लाख ६० हजार आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको ६० प्रतिशत अर्थात ६ लाख ८९ हजार ३६० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस