
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन तिन छुट्टा छुट्टै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् । अप्पर स्याङ्गे हाइड्रोपावर,ट्रेड टावर र रावा इनर्जी डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन ।
रावा इनर्जी डेभलपमेण्टले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार १४ गते सेबोनमा निवेदन दिएको हो । यस कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थायिन बासिन्दका लागि निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसैगरी ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्न असार १४ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यस्तै अप्पर स्यायाङ्गे हाइड्रोपावर लिमिटेडले ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले स्थानिय बासिन्द र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थायिन बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस