aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ साउन २०७९
टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

काठमाडौं । टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ कम्पनी प्राली (एसटीसी) नियुक्त भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालीलाई होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्ट र होण्डा मोटर्सको निम्ति टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकको रुपमा नियुक्ती गरिएको हो । 

टाटा ग्रीन ब्याट्रिज, टाटा अटोक्याम्प जीवाई ब्याट्रिज प्रालीबाट उत्पादन गर्छ । जो भारतको प्रमुख अटोमुभी र 2w ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । उक्त ब्याट्रिको बिहिबार कम्पनीको हेड अफिु ज्योती भवनमा एक कार्यक्रमकाबीच लञ्च गरिएको हो । 

सो अवसरमा कम्पनीका सिईओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्रि टु व्हीलर्स ब्याट्रिज भारतमा रहेको ठूला उत्पादकहरु मध्येको एकमा पर्ने जानकारी दिए । साथै उनले  भारतमा पाएको सफलतालाई नेपाललमा ख्याती प्राप्त कम्पनी एसटीसीसंग पनि सहकार्य गरी नेपालमा विस्तार गर्न पाएकोमा खुशी ब्यक्त गरे । 

त्यस्तै, उनले एसटीसीमा अध्यक्ष सौरभ ज्योतीले 2w ब्याट्रिज सप्लायर्सको क्षेत्रमा भारत स्थित टाटा अटो क्याम्प एक प्रमुख कम्पनी रहेको जानकारी दिए । उनले टाटा अटो क्याम्पसंगको सहकार्यबाट नेपालमा रहेका एसटीसीका एक सय ५० डिलरहरु मार्फत ग्राहक समक्ष टाटा ग्रीन ब्याट्रिजको सेवा पुर्याईने बताए ।  

प्रतिक्रिया दिनुहोस