
काठमाडौं । लाइफ इन्योरेन्स कर्पोरेशन (नेपाल) ले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साउन २४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले उक्त नगद तथा बोनस पारित गरेको थियो ।
बोनस र लाभांश अभौतिक शेयर भएका शेयरधनीको हितग्राही खातामा जम्मा भएको र भैतिक शेयर भएका शेयरधनीले शेयर अभौतिकीकरण भएपछि मात्र खातामा जम्मा हुने कम्पनीले सूचना दिएको छ ।
प्रतिक्रिया दिनुहोस