aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राप्ती हाईड्रोको आईपीओ सोमवार बाँडफाँट हुने,२ लाख १७ हजार ६९४ जनाले  शेयर पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
राप्ती हाईड्रोको आईपीओ सोमवार बाँडफाँट हुने,२ लाख १७ हजार ६९४ जनाले  शेयर पाउने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आगामी सोमवार अर्थात साउन ९ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार आफ्नै कार्यालय बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएको हो । यस आईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । 

यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको हात खाली हुनेछ । यसमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । 

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । यसअघि स्थानीय बासिन्दालाई निष्कासन गरी  बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 
बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणलाई निष्कासन गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आईपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । 
 

प्रतिक्रिया दिनुहोस