aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा माग भन्दा ५.५४ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा माग भन्दा ५.५४ गुणा बढी आवेदन

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा माग भन्दा ५ दशमलव ५४ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार १ः३३ सम्ममा १० लाख ९२ हजार ९७८ जना आवेदकले १ करोड २५ लाख ८२ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन । यसरी हेर्दा कम्पनीको आईपीओमा आइतवार अर्थात साउन ८ गते कार्यालय समयसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको होे । 

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस