
काठमाडौं । सूर्या लाईफ र ज्योति लाईफको एकिकृत कारोबार कात्तिक १ गतेदेखि हुने भएका छन् । सूर्या ज्योति लाइफका नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेका दुई कम्पनीहरुले एकिकृत कारोबार गर्ने भएका हुन् । जीवन बीमा कम्पनीको पहिलो मर्जर गर्ने कम्पनी बन्ने सूर्या ज्योतिको मर्जपछि एकिकृत कारोबार गर्ने पनि पहिलो कम्पनी बन्ने भएको छ ।
यी दुई कम्पनीले असार १३ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस