aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

८५० धरधुरीलाई सौर्य ऊर्जा  वितरण

  • रासस
    रासस
  • आइतबार, ०८ साउन २०७९
८५० धरधुरीलाई सौर्य ऊर्जा  वितरण

काठमाडौं । केन्द्रीय विद्युत् लाइनको पहहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको  वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए । 

नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ । हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस