aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन २४ गतेदेखि धौलागिरी लघुवित्तले आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
साउन २४ गतेदेखि धौलागिरी लघुवित्तले आईपीओ जारी गर्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशत आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

जस अनुसार कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ वितरण गर्नेछ । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

यो आइपीओ छिटोमा साउन २९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ७ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको संकेत केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभएको पूँजी रू. ७ करोड रहेको छ । सर्वसाधारण्मा आईपीओ बाँडफाँटपश्चात चुक्तपूँजी रू. १० करोड ३१ लाख पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस