aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, ३० प्रतिशत नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३१ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ६ गते सञ्चालक समितिको बैठकले र्याडिसन होटल बेगनास हल लाजिम्पाट काठमाडौंमा दिउँसो ४ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक  वर्ष २०७८/७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ कर सहितको नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभामा कम्पनीको वार्षिक प्रतिवेदनमाथि छलफल हुने प्रस्ताव रहेको छ । त्यस्तै, सञ्चालक समिति बैठक भत्ता वृद्धि अनुमोदन गर्ने र सञ्चालक समितिको निर्वाचन सम्बन्धमा छलफल हुने प्रस्ताव रहेको छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेदेखि साधारणसभा नहुञ्जेलसम्मका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस