aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार भुवन केसी नियुक्त भएका छन् । स्रोतका अनुसार केसीको नियुत्तिको औपचारिक घोषणा मंगलबार गर्ने तयारी रहेको छ । भुवन केसी नेपाली चलिचित्र क्षेत्रमा चर्चित नाम हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । 

नेपालको चलचित्र क्षेत्रमा उनको योगदान धेरै लामो रहेको छ । काठमाडौं निवासी केसीले निर्माण गरेका विभिन्न चलचित्रले नेपाल लगायत विदेशमा समेत व्यवसायीक सफलता पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस