aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रसुवागढी हाइड्रोपावरको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० साउन २०७९
रसुवागढी हाइड्रोपावरको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थपियो

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि फेरी थप भएको छ । यस अघि साउन १० गतेसम्म विक्रीको मिति तय भएको कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई २१ दिन अवधि थप गरी साउन ३१ गतेसम्म कायम गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि रू. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् । आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ  । 
 

प्रतिक्रिया दिनुहोस