aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज  बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेज तर्फबाट प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड  रिसर्च सेन्टर  प्रा लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस