aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ सुचीकृत, कति पायो ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ सुचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । बुधवार नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारको लागि १११ दशमलव ३४ देखि ३३४ दशमलव ०२ मूल्य रेञ्ज तोेकेको छ ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि निष्कासन गरेको १० लाख कित्ता ,सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

साथै कम्पनी सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट दिने नेप्से मार्फत जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल बिएचडिसी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस