aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बाह्र दिनमा ७२६ कम्पनी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
बाह्र दिनमा ७२६ कम्पनी कालोसूचीमा

काठमाडौं । बाह्र दिनमा ७२६ कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनाको १२ दिनमा ७२६ व्यक्ति तथा कम्पनीहरु कालो सुचीमा परेका हुन् । 

कालोसुचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्स देखी बचत तथा ऋ(ण सहकारी समेत रहेका छन् । यस महिनामा हात्तीगौंडा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिस, जाल्पादेवी अटोमोटिभस प्रालि र कान्छाराम कन्ट्रक्शन प्रालि रहेका छन् । 

त्यस्तै यस अवधिमा होलिडे रेष्टुरेन्ट एण्ड सिसा क्याफे, वरपीपल किसान फार्म, एक्पो इन्टेरियर एण्ड कन्ट्रक्शन, अभियान कृषि विकास केन्द्र प्रालि, डाइमन्ड इन्टरनेशनल नेपाल, मनास्लु जडिबुटी प्रशोधन उद्योग, न्यु जयमाँ भगवती इट्टा उद्योग र जनमिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ कम्पनी कालोसुचीमा परेका हुन् । 

तथ्याङक अनुसार सोही अवधिमा कालोसुचीमा परेका कम्पनीहरुमा तन्दुरी फुडल्याण्ड वीथ थकाली भान्साघर, न्यु पाथीभरा फर्निचर उद्योग, अन टाइम फर्मास्युटिकल्स एण्ड सर्जिकल प्रालि, टेलिपोर्ट एक्पो एण्ड इम्पोर्ट प्रालि रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस