
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ खरिदका लागि अन्तिम दिनसम्म १६ लाख १० हजार ९२६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार साउन १२ गते साझ ५ बजेसम्म यी आवेदकहरूबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता शेयर खरीद माग भएको हो ।
जुन निष्कासनमा आएको शेयरभन्दा १६ दशमलव ५३ गुणा बढी खरीद माग हुन आउँछ । कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागिएको कुल कित्तामध्य १० लाख ९३ हजार ७४९ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९००रूपैयाँ रहेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रूपैयाँ कायम हुनेछ । कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत , आयोजना प्रभावित स्थानीयतर्फ १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट प्राप्त हुने रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्ने काममा प्रयोग गर्ने बताएको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८४ लाख ४२ हजार रूपैयाँ संचित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १०२ रूपैयाँ रहेको छ । आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले ५ करोड ४९ लाखभन्दा बढी संचित नाफा गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ पुर्याउने प्रक्षेपण पनि कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस