aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ साउन २०७९
सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गते (आज)देखि आईपीओ निष्काशन गरेकोे छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । यी बाहेक बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिन व्यवस्था छ ।

यो शेयर खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले  कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस