काठमाडौं । कालिमाटी पलफूल तथा तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरुको बजार मूल्य तोकेको छ । आजको लागि तोकिएको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।
त्यसै गरी अम्बा प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३२० रुपैयाँसम्म, आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्ँयूनतम ५०० रुपैयाँदेखि अधिकतम ५५० रुपैयाँसम्म र आलु रातो न्यूनतम ५८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेको छ ।
_20220731093941.jpg)
प्रतिक्रिया दिनुहोस