aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारितका लागि कम्पनीले सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन १५ गते एक दिन बुक क्लोज गरेको थियो
गत वैशाख २५ गते विशेष साधारण सभा मार्फत पारित गरेको २० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ८८ करोड रहेको छ । हकप्रद पश्चात  १ अर्ब ५ करोड ६० लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस