aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने बोर्डमा दियो निवेदन

काठमाडौं । घोराही सिमन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा रू. ३ अर्ब ४४ करोड १६ लाख बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर स्थानिय बासिन्दको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएपछि कम्पनीले अंकित मूल्यमा प्रिमियम रकम थप गरी स्थानियको लागि प्रतिकित्ता रू. ४ सय र सर्वसाधारणको लागि प्रतिकित्ता रू. ४३५ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस