aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम  दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम  दिन

काठमाडौं । सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम  दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा वजारी गर्ने अन्तिम दिन श्रावण १७ गतेसम्म रहेको हो । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
 
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस