काठमाडौं । गत आवसम्म अपर तामाकोशी ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी १० करोड २९ लाख ६९ हजार घाटामा रहेको थियो ।
यसै वर्ष सर्वसाधारणलाई समेत आईपीओ जारी गरी १० अर्ब ५९ करोड चुक्तापुँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम ६४ करोड ५ लाख २५ हजार ऋणात्मक देखिन्छ । कम्पनीकोे दीर्घकालिन कर्जा ३१ अर्ब ५० करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस