
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १६ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म रू. ३ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा गत वर्ष ४ दशमलव २९ गुणा बढी भएको हो ।
गत वर्ष कम्पनीको वित्रीय खर्च करिब ११ प्रतिशत कम हुनु र विद्युत विक्री आम्दानी करिब २७ प्रतिशत बढ्नुले खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । गत वर्ष कम्पनीले विद्युत विक्रीबाट रू. ४० करोड ३० लाखभन्दा बढी आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्ष रू. ३१ करोड ८६ लाखभन्दा बढी थियो ।
वित्तीय खर्च भने अघिल्लो वर्ष रू. १२ करोड ७५ लाखभन्दा बढी रहेकोमा गत वर्ष रू. ११ करोड ३९ लाखभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाखभन्दा बढी रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्ष रू. ४५ करोड ६९ लाखभन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष सुधारिएर रू. ११ करोड ६० लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ७४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ११२ दमलव शून्य ५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस