aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्सुरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
नेको इन्सुरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । नेको इनसुरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका इच्छुक व्यक्तिहरुलाई बीमा अभिकर्ता तालिम दिने भएको हो  ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै भनेको छ- यस कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएकोले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक नेपाली नागरिक एवं. बीमा अभिकर्ता भई कार्य गर्न उद्देश्य भएका संस्थारुले यस कम्पनीको सम्पर्क गर्न जानकारी गराइन्छ ।

कम्पनीले उक्त तालिम भर्चुअल माध्यमबाट सञ्चालन गर्ने जनाएको छ । साथै तालिम लिन इच्छुकहरुले कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यायहरुमा यहि साउन २० गतेसम्म निवेदन दिन सक्नेछन् । अभिकर्ता इजाजत शुल्क एक हजार रुपैयाँ रहेको छ भने तालिम यहि साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस