aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एक वर्षमा ६३६ होटल तथा रेष्टुरेन्टको स्तरीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
एक वर्षमा ६३६ होटल तथा रेष्टुरेन्टको स्तरीकरण

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ६३६ होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । मंगलबार आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै विभागले यस्तो जनाएको हो । 

विभागले सार्वजनिक गरेको उक्त वार्षिक प्रगति विवरण अनुसार विभाग तथा मातहतका कार्यालयहरुबाट जम्मा ६३६ वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गरिएकोमा १७ वटा होट अति उत्तममा परेका छन् । त्यस्तै, १०३ वटा होटल उत्तम, २३८ वटा होटल सन्तोषजनक र १८६ वटा होठल सामान्य रहेको विभागले जनाएको छ । 

साथै स्तरीकरणमा नपरेका ९२ वटा होटल रेष्टुरेन्टहरुलाई सुधारका लागि निर्देशन समेत दिइएको विभागकी महानिर्देशक डा.मतिना वैद्य जोशीले जानकारी दिइन् । 
 

प्रतिक्रिया दिनुहोस